नियम २२
बेवारिसे शवको प्रयोग
(१) कुनै अध्ययन अनुसन्धान गर्ने संस्थाले ऐनको दफा ३६ को उपदफा (२) बमोजिम बेवारिसे शवको अध्ययन वा अनुसन्धान गर्न चाहेमा मन्त्रालय समक्ष निवेदन दिनु पर्नेछ।

(२) मन्त्रालयले आवश्यक देखेमा उपनियम (१) बमोजिमको अध्ययन अनुसन्धान गर्ने संस्थालाई बेवारिसे शव हस्तान्तरण गर्न सक्नेछ।

(३) उपनियम (१) बमोजिमको अध्ययन अनुसन्धान गर्ने संस्थाले बेवारिसे शवको प्रयोगबाट चिकित्साशास्त्रको अध्ययनमा भएको उपलब्धि सम्बन्धी प्रतिवेदन मन्त्रालय ससक्ष पेश गर्नु पर्नेछ।

तर अध्ययन अनुसन्धानबाट प्राप्त नतिजामा बौद्धिक सम्पत्ति सम्बन्धी विषय समावेश भएमा सोको अतिक्रमण नहुने गरी मन्त्रालयले आवश्यक व्यवस्था गर्नु पर्नेछ ।